जेठ ३१, नेकपा एमाले बागचौर नगर कमिटी सल्यानकाे अध्यक्षमा मोहन चन्द र जनक बिक बीच चुनावी प्रतिस्पर्था हुने भएको छ ।
यही मिति २०८१ जेठ २८ गते भएकाे नगर अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि भोलि जेठ ३२ गते शुक्रबार बिहान ११ बजे देखि निर्वाचन प्रक्रियामार्फत अध्यक्ष पदको निर्वाचन हुनेछ ।
अहिले दुबै जना उम्मेद्बार आफ्नो पक्षमा मतमाग्न प्रतिनिधि सँग भेटघाट गर्न ब्यस्त भएको देखिन्छ ।
अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएकाे छ ।
बागचौर नगरी कमिटीमा भोलि हुने निर्वाचनमा जम्मा ६७ जना प्रतिनिधिले मतदान गर्ने निर्वाचन समिति ले रेडियो मध्यपहाड लाई बताएको छ ।