बैशाख ३० सल्यान – जिल्लाको वनगाड कुपिण्डे नगरपालिकामा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आज (आइतवार) बिहान ६ बजेको समयमा सल्यान वनगाड कुपिण्डे नगरपालिका–४ देउलीका अन्दाजी ३४ वर्षका मनोज वुढाले ३२ वर्षकी कमला वुढाको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

श्रीमतीको हत्यापछि श्रीमानले पनि घर पछाडी दलिनमा झुन्डिएर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए ।

उनले आफुहरु घटनास्थलमा जाँदै गरेकाले थप विवरण आउन बाँकी रहेको बताए ।