मनिशा गौतम

सल्यानको बागचौर नगरपालिकामा नगर स्तरीय खेलकुद मैदान निर्माण कार्य सुरु भएको छ । सोमबार नगर प्रमुख जनकराज गौतमले नगर स्तरीय खेलकुद मैदान निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।

नगरपालिकामा सुविधा सम्पन्न खेलकुद मैदान नहुँदा खेलकुद कार्यक्रम तथा अन्य सार्वजनिक कार्यक्रम गर्न समेत अप्ठ्यारो नगर प्रमुख गौतमले बताउनुभयो । उक्त खेलकुद मैदान निर्माण पश्चात् खलकुद कार्यक्रमहरु संचालन गर्न सहज हुने उहाँको भनाइ छ ।

खेदकुद मैदान शिलान्यास कार्यक्रममा नगर प्रमुख जनकराज गौतम, उप(प्रमुख सुम्निमा डि।सी वली, २ नं। वडा अध्यक्ष दिपेश डि।सी, ७ नं। वडा अध्यक्ष प्रेम बहादुर डाँगी, निर्माण समिति, विभिन्न राजनीतिक दलका नेता, पत्रकार लगायत नगर वासीको उपस्थिति रहेको थियोे ।