उद्यम कृषि पर्यटनतथा ब्यापारमा आत्मानिर्भ बागचौरको शान मौलिक लोक कला सांस्कृतिक संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका शाथ बिहिवार देखि महोत्सव शुरु भएको छ।

महोत्सवको बागचौर नगरपालिका नगर प्रमुख जनक राज गौतमले उद्घाटन गर्नु भएको हो ।
महोत्सवको उद्घाटन पछि बोल्दै नगर प्रमुख गौतमले बागचौर महोत्सवले बागचौरको मात्र नभएर समग्र जिल्लाको आर्थिक विकासमा अहम भुमिका खेलेको बताए ।

गौतमले समग्र जिल्लाको विकासका लाथि आर्थिक गतिविधि बढाउन आवश्यक रहेको बताउँदै बागचौरलाई कृषि पर्यटन लोपोन्मुख सांस्कृतिकको विकास गरिने बताए ।

सामुदायिक लागि संचार सल्यानका अध्यक्ष लोकमान चन्दको अध्यक्षतामा सुुरु भएको थियोे स्वागत मन्तव्य महोत्सवका सल्लाहकार तारा देब भण्डारी राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण बिरेन्द्र डिसिले गरेका थिए ।
कार्यक्रम प्रमुख अथिति बागचौर नगरपालिका नगरप्रमुख जनक राज गौतम, बिशिस्ट अथिति उप प्रमुख सुनिमा डिसि वलि निं प्रमुख प्रंसासकिय अधिकृत हरि बहादुर कठायत, २नं वडा अध्यक्ष दिपेश डिसि ३ नं वडा अध्यक्ष भिम बहादुर भण्डारी ५ नं वडा अध्यक्ष जोगेन्द्र वलि ७ नं वडा अध्यक्ष प्रेम डिसि ११ नं वडा अध्यक्ष केश बहादुर भण्डारी १२ नं वडा अध्यक्ष टिका राम वलि कार्यपालिका सदस्य रेशम बिक, नेकपा एमाले प्रेदेश कमिटी सदस्य घनश्याम शर्मा नेकपा माओवाद केन्द्र बागचौर नगर कमिटी अध्यक्ष शोभाराम भण्डारी एकिकृत समाजबादि बागचौर नगरकमिटि सचीव डम्बर भण्डारी राप्रपा बागचौरमा गणेश खत्री पास नेपाल सल्यानका अध्यक्ष ज्ञानेश्र्वर केसि लगायतको उपस्थिति रहेकोे थियोे ।


बागचौर महोत्सवको उद्घाटन सत्रमा बागचौरका विभिन्न कला संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिएका थिए ।
महोत्सव बैशाख १३ गते देखि २४ गतेसम्म संन्चाल हुने कार्यक्रम संयोजक कमल चन्दले बताउनु भएको छ।