सल्यानमा एक लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वितिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको बागचौर नगरपालिका २ थारमारेमा आज इन्फिनिटी लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय थारमारेले ऊक्त कार्यत्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा अनुगमन अधिकृत माधव सापकोटाले संस्थाको संरचना, दृष्टिकोण, प्रगति ,संचालन प्रक्रिया एवंम वितिय साक्षरता सम्बन्धि गोष्ठी प्रशिक्षण गर्नु भएको थियो । भने शाखा प्रमुख लक्ष्मण शाहीले शाखाको हाल सम्मको प्रगति विवरण सहित स्वागत मन्तव्य राख्नु भएको थियो ।

त्यस्तै, ४५ वटा समुह मध्ये ३ समुहलाई पुरस्कार वितरण गरिएको शाखा प्रमुख लक्ष्मण शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रथम समुह ठारखोला इन्फिनिटी महिला समुह, द्धितिय इश्वर इन्फिनिटी महिला समुह र तृतिय दहखोला इन्फिनिटी महिला समुह भएका थिए । प्रथम समुहलाई घडी, क्याल्कुलेटर, बलपेन १ दर्जन र प्रमाणपत्र, द्वितीय हुने समुहलाई घडी, क्याल्कुलेटर, बलपेन प्रमाणपत्र र तृतिय हुने समुहलाई घडी, प्रमाणपत्र पुरस्कार वितरण गरिएको शाखा प्रमुख शाहीले बताउनुभयो । कार्यक्रमकै बिच उत्कृष्ट सफल व्यवसायि केशे बुढालाई सम्मान समेत गरिएको छ ।

विभिन्न ४५ वटा समुह अध्यक्षहरुको उपस्थिती रहेको कार्यक्रममा सभापति केशे बुढाको प्रमुख आतिथ्यता रहेको थियो भने बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतमको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वितिय संस्थाको दुधरास अनुगमन अधिकृत माधव सापकोटा, बागचौर वडा नं २ का अध्यक्ष दिपेश डिसि, इलाका प्रहरी कार्यलय थारमारे प्रतिनिधिको आतिथ्यता रहेको थियो । स्थानिय समाजसेवि बुद्धिजिविहरुको समेत उपस्थिती रहेको कार्यक्रमको संचालन शाखा प्रमुख लक्ष्मण शाहीले गर्नुभएको थियो ।