बैशाख ४, टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।
आज मंगलबार बेलुकी ५ बजेतिर थारमारे बाट दाङ्ग तर्फ जादै गरेको रा१ ख ३०१३ नम्बरको टिपरले कालाखेत बाट थारमारे तिर आउदै गरेको रा ५प ४८२७ नम्बरको मोटरसाइकल लाई ठक्कर दिँदा मोटरसाइकल चालक बागचौर नगरपालिका २ थारमारे बस्ने बर्ष ३०को टोप बहादुर केसि घाइते भएका हुन ।
केसि लाई बागचौर नगरपालिका वडा नं १ कालाखेत टोटके सल्ला नजिकै टिपरले ठक्कर दिएको थियो ।दुर्घटनामा घाइते केसि लाई बागचौरको सहज पोलिकिल्निकमा उपचार पछि थप उपचारको लागि नेपालगन्ज लगिएको छ। टिपर चालक दाङ्ग जिल्ला घोराहि उपमाहानगर पालिका वडा नं १० बस्ने बर्ष ४० को कमल बहादुर पुन लाई प्रहरीले नियन्त्रणमा लिएको छ।