बैशाख ०१ सल्यान – सल्यानको बागचौर नगरपालिकामा कृषि , पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुुँदै छ । सामुदायिका लागि संचार ( CFC ) सल्यानद्वारा संचालित रेडियो मध्यपहाड ८८.२ मेगाहर्जको आयोजना र बागचौर नगरपालिकाको संरक्षकमा महोत्सव हुन लागेको हो ।
महोत्सवमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार साथै स्थानीय स्तरका कलाकारहरुको बिजोड प्रस्तुति रहने भएको छ । बागचौर लाई कृषि पर्यटन व्यापारको रुपमा चिनाउने आयोजकले जनाएको छ ।
महोत्सव सुरु २०८१ बैशाख १३ गते देखि २४ गते सम्म हुन लागेको पुर्ण तयारी भइ रहेको आयोजकले जानकारी दिएको छ ।








