चैत२६, किशोरकिशोरीहरूको लागि यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार लैंगिकता तथा जलवायु न्याय सम्बन्धि ३ दिने तालिम सम्पन्न ।


आइ पास नेपाल र पास नेपाल सल्यानको साझेदारी मा संचालित नेपालमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकारमा दिगो सवलिकरण कार्यक्रम अन्तर्गत किशोरकिशोरीहरूको लागि यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार लैंगिकता तथा जलवायु न्याय सम्बन्धि मिति २०८०चैत २४ देखि २६ सम्म संचालन भएको ३ दिने तालिम ग्रीन स्टार होटेल बागचौर सल्यान मा सम्पन भएको छ ।

तालिमको उधेश्य किशोरकिशोरीको यौन तथा प्रजनन् स्वस्थ्य अधिकार सम्बन्धि क्षमता विकाश गर्ने र समुदायमा किशोरकिशोरी हरुको यौन तथा प्रजनन् स्वास्थ्य सुरक्षित गर्भपतन सेवा तथा जलावायु न्यायको लागि वकालत गर्न दक्ष बगाउने रहेको थियो , उक्त तालिममा जम्मा २१ जना किशोरकिशोरीहरु सहभागिता रहेको थियो , उक्त तालिममा प्रजनन् स्वास्थ्य , प्रजनन् अधिकार प्रजनन् स्वास्थ्यको पक्षहरू , लैंगिक समानता तथा सामाजिक समबेसिकरण , परिवार नियोजनका साधन ,सुरक्षित गर्भपतन , असुरक्षित गर्भपतन करण र यस वाट स्वास्थ्य पार्ने असर , वाल विवाहहुनको करण र यसबाट पर्ने असर बल विवाह न्यूनीकरण उपाय, जलवायु परिवर्तन कारण यसको असर , जीवनउपयोगी सीप को बारेमा जानकारी गरियको थियो , तालिमको सहजीकरण आइ पास नेपाल बाट जीवन देवकोटा ,निर्मला भण्डारी र पास नेपाल वाट आदर्श अधिकारी , सम्झना घिमिरे ले गर्नु भयको थियो ।


उक्त तालिमको समापन कार्यक्रममा पास नेपालका अध्यक्ष ज्ञानेश्वर के सी ले असुरक्षित गर्भपतले गर्दा धेरै महिला हरुको ज्यान जाने हुनाले समुदाय स्तरमा विभिन्न कार्यक्रम मार्फत सुरक्षित गर्भपत, परिवार नियोजन र प्रजनन् स्वास्थ्य को बारे जानकारी गराउन किशोरकिशोरीहरू महत्वपूर्ण भूमिका रहेको ले तालिममा सिकेका बिषय बस्तु समुदायमा स्तरमा जानकारी गराउन अनुरोध गर्नु भयकाे थियोे ।