चैत १४,बागचाैर नगरपालिका वडा नं. ९ चाख्लेडाँडामा शहरी स्वास्थ्य केन्द्र संचालनमा आयो ।

बागचाैर नगरपालिका वडा नं. ९ चाख्लेडाँडामा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । नागरिकलाई घरआँगनमा नै स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले नगरपालिकाले शहरी स्वास्थ्य केन्द्र बुधबार एक कार्यक्रम गरि संचालनमा ल्याएको हो।

कार्यक्रम नगर प्रमुख जनकराज गाैतमले स्वास्थ्य केन्द्रकाे उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख गा‌ैतमले जनतालाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने उदेश्यले स्वास्थ्य केन्द्रकाे उद्घाटन गरिएको बताउनुभयो । हाल भाडाकाे भवन बाट सेवा सुरुवात गरिएको र भवन निर्माणका लागि नगरपालिकाले जग्गा आह्वान समेत गरेकाले जग्गा प्राप्त भएमा भवन निर्माण गर्ने बताउनुभएको छ ।

कार्यक्रमको वडा नं. ९ का वडा अध्यक्ष यज्ञ बहादुर डाँगीकाे अध्यक्षतामा भएको उद्घाटन

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, वडा सदस्य, विभिन्न राजनीतिक दलका नेता, स्वास्थ्यकर्मी, आमा समुह लगायत वडा वासीहरुकाे सहभागीता रहेको थियो ।