चैत १३, बागचौर नगरपालिका स्वास्थ शाखाको आयोजनामा आर्थिक बर्ष २०८०/०८१ को स्वास्थ कार्यक्रमहरुको अर्धबार्षिक समीक्षा गोष्ठी सोम बार बागचौरको होटेल शारदा टपमा सप्पन्न भएको छ।

कार्यक्रमा प्रमुख आतिथ्यता नगर प्रमुख जनकराज गौतम बिशिस्ट अतिथ्यता नगर उप प्रमुख सुनिमा डिसि वलि निमित्त प्रमुख प्रसांसकिय अधिकृत हरि बहादुर कठायत बागचौर नगरपालिका सल्यान अन्तर्गतका ११ वटा स्वास्थ चौकिका प्रमुखहरु सहभागिता भएका छन ।

कार्यक्रमका प्रमुख आतिथ्यता बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतमले स्वास्थ चौकीमा समस्याका बारेमा छ्लफल गर्नुभयो । स्वास्थ्यका क्षेत्रमा थप सुधार गर्दै जानुपर्नेमा जोडदिनु पर्ने भएको बताउनु भएको छ ।



कार्यक्रम अध्यक्षता बागचौर नगरपालिका स्वास्थ शाखा प्रमुख बिनिय डिसिले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण धनु पुनले गर्नु भएको थियो ।