चैत ३ गते, नेपाली कांग्रेस बागचौर नगर कार्यसमितिकाे आयोजनामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम अन्तर्गत संगठन सुदृढ यात्रा सल्यान कपुरकाेट देखि हुम्ला सिमिकाेट सम्मको अभियान आज शनिबार  बागचौरमा सम्पन्न भएको छ। 



नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले सल्यानको कपुरकोटबाट संगठन सुदृढ यात्रा प्रारम्भ गरेका छन्।

शुक्रबार उँहाले सल्यानको कपुरकोट र त्रिवेणी गाउँपालिकाबाट शुरू भएको कार्यक्रम दोस्रो दिन आज शनिबार  शारदा नगरपालिका र बागचौरनगरपालिकामा सम्बोधन गर्नु भएको छ ।
कर्णाली प्रदेशका १० वटै जिल्लाका लागि यात्रा प्रारम्भ गरेका हुन्।


नेपाली कांग्रेसलाई भावनात्मकरूपमा एकताबद्ध बनाएर संगठनलाई सुदृढ र सशक्त बनाउँदै थप  गतिशील बनाउने उद्देश्यले यात्रा थालेको शाहीले बताउनु भएको हो ।

कार्यक्रमको सभाअध्यक्ष नेपाली काँग्रेस बागचौर नगर कार्यसमिति सभापति दिपेश डि.सी बाट शुरु भएको थियोे भने।

प्रमुख अतिथि नेपाली काँग्रेस कर्णाली प्रदेश कार्यसमिति सह-महामन्त्री एकराज डाँगी, विशिष्ट अतिथि कर्णाली प्रदेश कार्यसमिति सदस्य भुपेन्द्रजंग शाही, सल्यान जिल्ला कार्यसमिति सभापति केश बहादुर बिष्ट,

सल्यान जिल्ला कार्यसमिति सह-सचिव तथा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम,

नेपाली काँग्रेस सल्यानका जिल्ला कार्यसमिति सदस्य विभिन्न तहका पदाधिकारी, सदस्य, विभिन्न भातृ संघ, शुभेच्छुक संघका प्रतिनिधिहरुका साथै क्रियाशील सदस्य, साधारण सदस्यहरुकाे उपस्थिति रहेको थियाे । कार्यक्रममा स्वागत मन्तव्य नगर कार्यसमिति उप-सभापति भाैमा गाैतमले राख्नुभएको थियाे । 

कार्यक्रमकाे संचालक नगर कार्यसमिति सचिव बुद्धि बाेहराले गर्नुभएको थियोे ।