फागुन २४ बागचौर सल्यान, बागचौर नगरपालिका सबैका लागि दीगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना (SUSWA) काे आयोजनामा११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मर्यादित महिनावारी व्यवस्थापन, सरसफाइ तथा स्वच्छता सम्बन्धी सचेतनामूलक साँस्कृतिक कार्यक्रम बुधबार बागचौरमा सम्पन्न भएको छ ।
सचेतता मुलुक कार्यक्रमको उद्घाटन बागचौर नगरपालिका नगरप्रमुख जनक राज गौतमले पानिको धारा खोलेर तथा पानसमा बक्ती बालेर गर्नु भएको थियो । कार्यक्रम बोल्दै नगरप्रमुख गौतमले महिला मैनावारी हुँदै गर्दा स्यार सुहार खाने कुरा तथा सरसफाईमा विशेष ख्याल राख्नु पर्ने भएको र छाउगोठ बसाल्ने पर्थाको अन्त्यगर्ने सबैमा अनुरोध समेत गर्नु भएको हो । मैनावरी मर्यादित गर्ने महिला दिदिबहिनीहरु आफै जुरमुरानु पर्ने बेला आएको बताउनु भएको छ ।
कार्यक्रमा रास्टिय कालकारहरुले संगीतको माध्यामबाट मैनावारी मर्यादित र सरसफाई सम्बन्धित जनचेतनामूलक गित प्रस्तुत गरेका थिए ।
कार्यक्रमा बागचौर नगरपालिका वडा नं २ काअध्यक्ष दिपेस डिसिकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, विशिष्ट अतिथि उपप्रमुख सुनिमा डिसि वलि निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, अतिथि जेसि अपिसर राजु तिवारी, वास सल्लाहकार पबन वलि, वास एकाई संयोजक बिरेन्द्र जोशी,सबैवडाकाअध्यक्ष ,कार्यपालिका सदस्य, वडा सदस्य, शाखाका प्रमुख, शिक्षक, बिद्यार्थी, अभिभावक, विभिन्न संघ संस्था प्रतिनिधि रास्टिय कलाकार किस्ण, रेउले सुनिता बुढाक्षेत्री, भागिरत चलाउने,कृष क्षेत्री, शेर बहादुर डाँगी, हास्य कालाकार दिप सागर भण्डारी , पत्रकार, लगायत नगरवासीको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा स्वागत मन्तव्य निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायतले राख्नुभएको थियोे भने।
कार्यक्रम सहजीकरण कमल वलि र श्रवण देबकोटाले गरेका थिए ।