सल्यान माघ ,०९
बागचाैर नगरपालिकाद्धारा प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा आकस्मिक सेवा (ईमरजेन्सी सेवा) संगै उपचारको मेसिनहरु थप गरिएको छ ।
बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले मंगलबार नगरपालिकाको वडा नं. २ थारमारेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई ईसिजी मेसिन १ थान, अक्सिजन कन्सन्ट्रेटर १ थान, अक्सिजन सिलिन्डर ५ थान, वेड म्याट ५ थान, बल्याङकेट ३ थान लगायतका सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हाे ।
लामाे समय देखि मेडिकल अधिकृत बिहिन रहेकाे स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत आय संगै आकस्मिक सेवा संगै ईसिजी सेवा सुरु भएको छ । निकट भविष्यमै थप सेवासुविधाहरु थप गर्दै जाने नगर प्रमुख गाैतमकाे भनाइ छ ।
मेसिन हस्तान्तरण कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, नगर प्रवक्ता दिपेश डि.सी, सामाजिक विकास शाखा प्रमुख बिसाल वली, स्वास्थ्य शाखामा कार्यरत धन बहादुर पुन, स्वास्थ्य केन्द्रका डा. प्रमार्थ पौडेल, स्वास्थ्यकर्मी लगायतकाे उपस्थिति रहेको थियो ।