माघ ९ सल्यान रुकुमको मुसिकोट नगरपालिका वडा नं १ घरभई टेकमाइण्डस नेटवर्क मुसीकोट रुकुम शाखामा कार्यरत सुमन थापाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । विगत लामो समयदेखी यस शाखामा कार्यरत २४ बर्षिय थापाको मुसीकोटमा नै काम क्रममा करेन्ट लागेर पुस २५ गते मृत्यु भएको थियो ।
थापाको परिवारलाई टेकमाइण्डस नेटवर्कको तर्फबाट दिनुपर्ने सबै सेवासुविधा सहित रोजगारीको व्यवस्था गर्ने सहमति भएको र देशभर कार्यरत कर्मचारीको तर्फबाट सहयोग रकम संकलन गरेर हस्तान्तरण गरिएको प्रदेश प्रबन्धक संगम विहानीले जानकारी दिनुभयो।
मंगलबार पिडित परिवारको घरैमा पुगेर २ लाख २ हजार १ सय ३५ रुपैँया सहयोग हस्तान्तरण गरिएको उहाँको भनाइ छ । रकम हस्तान्तरणमा मुसिकोट शाखा मेनेजर बिसाल बिष्ट, सल्यान बागचौर शाखा मेनेर प्रदिप बस्नेत लगाएतको सहभागिता रहेको थियो ।
थापाका एक श्रीमती र एक छोरी रहेका छन् ।