प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा आउनुभएका डा. प्रमार्थ पौडेललाई बागचाैर नगरपालिकामा स्वागत गरिएको छ ।

स्वास्थ्य सेवा विभागबाट कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय सुर्खेतमा रहेका उहाँलाई मन्त्रालयले प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा खटाएको हो।

बागचोर नगरपालिकामा स्वागत गर्दै नगर प्रमुख जनकराज गाैतमले लामाे समय सम्म मेडिकल अधिकृत विहीन रहेको स्वास्थ्य संस्थामा धेरै प्रयास पछी ल्याउन सफल भएको बताउनुभयाे । मेडिकल अधिकृत नहुँदा सेवा प्रवाहमा भएको समस्या अब समाधान हुने उहाँको भनाइ छ । स्वास्थ्य संस्थामा आवश्यक औषधि, उपकरण तथा स्वास्थ्यकर्मीको सेवा सुविधामा नगरपालिकाकाे तर्फबाट आवश्यक सहयोग रहने बताउनुभयो ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम, उप-प्रमुख सुम्निमा डि.सी वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायत, नगर

प्रवक्ता दिपेश डि.सी, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुकाे उपस्थितिमा स्वागत कार्यक्रम गरिएको थियो ।