सल्यानको बागचौरमा बागचौर कृषि, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सव संचालन हुने भएको छ ।

युनिभर्सल युथ क्लब थारमारे सल्यानको आयोजनामा महोत्सव संचालन हुने भएको हो ।महोत्सव यही वैशाख १७ गतेदेखी २४ गतेसम्म ७ दिन सम्म संचालन हुनेछ ।महोत्सवको मुल नारा स्थानीय कला, संस्कृति, कृषि, उद्योग र पर्यटन, व्यापार प्रबर्द्धन गर्ने हाम्रो अभियान भन्ने राखिएको छ ।

महोत्सवको बारेमा जानकारी दिन सोमबार बागचौरमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।महोत्सवमा १०० भन्दा बढी स्टलहरु राखिने महोत्सव संयोजक अनिमेष के।सीले बताउनुभयो । उहाँका अनुसार सल्यानमा हुने विभिन्न कृषि उत्पादन सामाग्री, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु महोत्सवमा राखिने छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागीता रहने र बाल उद्यान, पिङ, लगाएतका मनोरन्जनात्मक बस्तु राखिने प्रचारप्रसार समितिका संयोजक सुदिप घर्तीले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दैनिक ७ लाख बढीको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।

महोत्वसव अवधिभर करिब ३५००० हजार बढी दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ छ ।