२२, असार २०७९ सल्यान ।

नेपाल कम्युनिस्ट पार्टी सल्यानको पाँचौ पुर्ण बैठक बागचौरमा सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी नारायण चन्दको अध्यक्षता तथा केन्द्रीय सदस्य सविन पोखरेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकले पार्टीको छैटौं जिल्ला सम्मेलन आउँदो भदौ १४ र १५ गते सदरमुकाम खलंगामा गर्ने निर्णय गरेको छ । त्यसअघि गाउँ तथा नगरकमिटी सम्मेलन सक्ने जिल्ला सेक्रेटरी नारायण चन्दले बताए ।

असोज १ गते काठमाडौंमा हुने पार्टीको नवौं महाधिवेशनको लागि जिल्लामा आर्थिक सहयोगलाई जोड दिने र सल्यानबाट उल्लेखनीय सहभागी गराउने बैठकले निर्णय गरेको छ ।