२ चैत २०७८, मंगलवार

 कर्णाली प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले टाउकाे बिना ल्याएकाे नवजात शिशुको शवको पहिचान खुलेको छ ।

अस्पतालमै मृत्यु भएका शिशुहरुकाे तथ्यांकका आधारमा सम्बन्धित परिवारलाई साेधपुछ गर्दै जादा गत १४ गते अस्पतालमै प्रसुतिपछि मृत्युु भएकाे दैलेख आठबिस नगरपालिका–९ का पवित्रा विक र गाेपाल विककाे बच्चा रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

अस्पतालमा पछिल्लो समय शिशुकाे मृत्यु भएको गत १४ गते रहेकाे अस्पतालकाे तथ्यांकमा थियाे। त्यहि अनुसार अभिवावक पबित्रा र गाेपाललाई साेधपुछ गर्दा उनिहरुले अस्पताल नजिकैको झाडीमा गाडेकाे र उक्त बच्चाकाे शव आफ्नै भएको स्विकार गरेपछि पहिचान खुलेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए।

उक्त शवकाे सुरक्षित व्यवस्थापनककाे लागि उनै दम्पतीलाई जिम्मा लगाईएकाे समेत प्रहरी नायव उपरीक्षक घर्तीले बताए।

अस्पतालले आफ्नाे गलती नभएको भन्दै दाेषि माथि कारबाहीकाे लागि छानबिन गर्न शनिबार नै प्रहरीलाई पत्राचार गरेपछि प्रहरीले अनुसन्धान थालेकाे थियाे।