१० चैत्र २०७८ ।

सल्यानमा नेपाली काङ्ग्रेसको चुनाव लक्षित खुला कार्यक्रम सप्पन्न भएको छ ।
घर घर जाउ काङ्ग्रेस जिताउ अभियान अन्तर्गत बागचौर नगर स्तरीय खुल्ला कार्यक्रम सम्पन्न भयको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य राजिब बिक्रम शाह रहेका थिए ।
कार्यक्रममा बोल्दै शाहले नेपाली काङ्ग्रेस नेपाली जन्ताको पार्टी भएको नेपाली काङ्ग्रेसको नेतृत्वमा हरेक परिवर्तन भएको बताएका छन ।
कार्यक्रमका बिशिस्ट अतिथि नेपाली काङ्ग्रेसका कर्णाली प्रदेशका सह महामन्त्री एकराज डांगी रहेका थिए ।
कार्यक्रममा बोल्दै डांगीले नेपाली काङ्ग्रेस एक भएर आगामी चुनावमा होमिने र पहिलो पार्टी बन्ने दाबी गरेका छन ।
समापन कार्यक्रममा बोल्दै नगर सभापति दिपेस डि सी ले नेपाली काङ्ग्रेस बागचौरमा एक भएर अबको चुनाव जितेर जनताको सेवा गर्ने बताएका छन ।
बागचौर नगर सभापदिपेस डि सी को सभा अध्यक्षमा भएको कार्यक्रम को सन्चलान नेपाली काङ्ग्रेस सल्यान जिल्ला कार्यसमितिका सचीव प्रकाश भन्डारी र बागचौर नगर सचीव बुद्धि बोहराले ले गरेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य डिल्ली राज रेग्मी पुर्व शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाह पुर्व जिल्ला सभापति धुर्व राज पुरी लगाएत जिल्ला क्षेत्र नगरका नेता कार्यकर्ता स्थानीय बासी आदिको उपस्थित रहेको थियोे ।
साथै कार्यक्रममा अन्य पार्टी छोडेर नेपाली काङ्ग्रेसमा ७३ जनाले प्रवेश गरेका छन ।
नव प्रवेसीहरुले नेपाली काङ्ग्रेसनै जनताको पार्टी भएको बताएका छन ।
कार्यक्रममा जेष्ठ नागरिक एक्ल महिलालाई खादा सहित सम्मान गरिएको थियोे ।