५ चैत २०७८, शनिवार
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं राष्ट्रिय महाधिवेशन चैत ६ र ७ गते हुने भएको छ।
महाधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। चितवनकाे सौराहा स्थित सांस्कृतिक घरमा गर्ने निर्णय गरेकाे छ। देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार र विदेश शाखा बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया र मलेसिया सहित देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने फाेनिजले जनाएकाे छ।