पुस ४, सल्यान ।

फोटो सहितको मतदाता नामावली संकलन कार्य नाम छुटेका हरुका लागि यहि पुस ५ गत्ते देखि पुस १९ गत्ते सम्म पुनः नामावली संकलन कार्यक्रम इलाका प्रशासन कार्यालय बागचौरको कार्यालयमा सुरु हुने भएको छ।

जिल्ला निर्बाचन आयोग सल्यानले आईतवार एक औपचारिक कार्यक्रमका साथ ईलाका प्रशासन कार्यालय बागचौरमा उक्त दोश्रो चरणको मतदाता नामावली संकलन कार्यक्रमको उद्घाटन गरेको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगर-प्रमुख लोकमान बुढाथोकीले आफ्नो मताधिकार प्रयोगबाट कोहि पनि बन्चित हुनु हुँदैन र उक्त कार्य सफल बनाउनको लागि आवस्यक जनशक्ति नगरपालिका बाट खटाउने बताएका छन् ।

उक्त कार्यक्रममा राजनिती दलका प्रतिनिधि,ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख,हुलाक कार्यालय प्रमुख एबंम पत्रकारहरुको उपस्थिति भैइ विभिन्न छलफलहरु गरि उक्त कार्य सफल बनाउने निर्णय भएको छ।

छलफल बाट बागचौर नगरपालिकाका लागि पुस ५ गत्ते देखि पुस १३ गत्ते सम्म,दार्मा गाउँपालिका लागि पुस १४ गत्ते देखि पुस १६ गत्ते सम्म र कुमाख गाउँपालिकाका लागि पुस १७ गत्ते १९ गत्ते सम्म समय तोकिएको छ।

ईलाका प्रशासन कार्यालय बागचौरका कार्यालय प्रमुख मोहोन डि.सी को अध्यक्षतामा सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षा शाखा प्रमुख टेक बहादुर डाँगीले गरेका थिए।