असोज २७, सल्यान ।
सल्यानमा मासुको विषयलाई लिएर बुवाले आफ्नै छोराको ह’त्या गरेका छन ।
जिल्लाको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १० माझकाडामा ५५ वर्षीय बुवा निम बहादुर कवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कवरको ह’त्या गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर अर्जुन पौडेलकाअनुसार बुधबार बुबा निम बहादुरको घरमा दशैको लागि राँगो काटेका थिए ।
निम बहादुरका ४ छोरा छन् । जसमा ३ छोरा अलगै छन् भने कान्छा छोरा बुबासँगै बस्छन ।
‘चार छोरा र आफ्ना लागि भनेर निम बहादुरले घरमा राँगो काटेका थिए । त्यसपछि मासु सबैलाई बराबर बाँडे ।’, इनिस्पेक्टर पौडेलले बताउनु भएको हो।
माइला छोरा रुपलालले आफ्नो भागमा हड्डी मात्रै परेको मासु नपरेको भन्ने कुरा गरेपछि बाबु छोराबीच विवाद भएको थियोे । साँझ दुवैले मापसे गरेको र विवादले झन उग्र रुप लिएपछि बुबाले छोरालाई घरेलु हतियार खुर्पाले हानेर ह’त्या गरेको इनिस्पेक्टर पौडेलले बताए ।
छोराको ह’त्या गर्ने बुबालाई प्रहरीले बुधबार राति नै नियन्त्रणमा लिएको छ ।