नेपाली लोकदोहोरी क्षेत्रमा प्रेमिल भाव सहितका शब्द समेटिएको नयाँ गीत ‘दमौली बजार डुम्रेमा चौकी’ सार्वजनिक भएको छ। आज ( मंगलबार ) उक्त गितको म्युजिक भिडियो जमुना सनम युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।
गीतको आकर्षक थेगो ‘दमौली बजार डुम्रेमा चौकी, यो लाली जोवन लैजाने कोही छौकि ’ ले दर्शक तथा स्रोताको ध्यान खिच्ने प्रयास गरेको छ। आफ्नो लाली जोवन लैजाने कोही छन् कि भन्दै प्रेम र जवानीको भाव व्यक्त गरिएको गीतले नेपाली लोकदोहोरीको मौलिक स्वाद प्रस्तुत गरेको छ। रमाइलो शब्द संयोजन र आकर्षक प्रस्तुतिका कारण गीतले दर्शकमाझ चर्चा बटुल्ने अपेक्षा गरिएको छ।
जमुना सनमको प्रस्तुतिमा सार्वजनिक गीतमा शान्तिश्री परियार र जमुना सनमको स्वर रहेको छ भने गीतका शब्द, संगीत तथा एरेन्जमेन्ट राजु सुनामले गरेका छन्।
गीतको भिडियोमा बिना विश्वकर्मा र पार्वती श्रेष्ठ लगायतको अभिनय रहेको छ। स्मृति तिमिल्सिनाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् भने सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन्।
सनम क्रिएसनमार्फत सार्वजनिक भएको उक्त गीतले नेपाली लोकदोहोरीप्रेमी दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
भिडियो हेर्न :-








