नेपाली लोकसंगीतको क्षेत्रमा पछिल्लो समय ‘के सोचेको के हुँदै आयो’ बोलको गीतले चर्चा बटुलिरहेको छ । रमेश सापकोटाको संकलनमा तयार भएको उक्त गीत भाइरल गायिका देवी आचार्यको मौलिक सुमधुर तथा भावपूर्ण आवाजमा सार्वजनिक गरिएको हो।


नारी जीवनका पीडा, वेदना, संघर्ष र भावनात्मक भोगाइलाई समेटिएको तिज गीत सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान आकर्षित गरेको छ। विशेषगरी गीतको ‘मकै भुटी आमाले खाउ भनिन्’ लगायतका भावुक अंशहरू टिकटकमा समेत अत्यधिक रुचाइएका छन्, जसका कारण गीत सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ।


गीतमा रेशम सापकोटाको शब्द तथा संगीत रहेको छ भने राजु सुनामले एरेन्ज गरेका छन्। देवी आचार्यको मुख्य स्वरमा धर्तिमा थापा र मिलन थापा मगरको समूह स्वर रहेको छ। गीतको रेकर्डिङ रमेश खड्का, मिक्स तथा मास्टरिङ बिनोद परियारले गरेका हुन् भने गीत ओजन स्टुडियोमा तयार गरिएको हो।

भिडियोतर्फ रेशम सापकोटाको निर्देशन, सम्बन्ध सापकोटाको सह–निर्देशन तथा सन्तोष तिमल्सिनाको छायांकन रहेको छ। भिडियोको सम्पादन तथा कलर रोशन धितालले गरेका छन्


भिडियोमा झुमा अर्याल, सुष्मा सिंह, सोना थापा मगर, लक्ष्मी भण्डारी र निशा कुँवरको अभिनय रहेको छ। भिडियो धिताल फिल्म्सको वर्क स्टेसनमा तयार पारिएको हो भने पोस्टको जिम्मेवारी तरेली संगीत कुञ्जले लिएको छ।
नारी मनका पीडा र जीवनका वास्तविक भोगाइलाई गीतमार्फत प्रस्तुत गरिएको ‘के सोचेको के हुँदै आयो’ ले लोकसंगीतप्रेमी श्रोता–दर्शकमाझ आफ्नो छुट्टै प्रभाव छोड्न सफल भएको छ। देवी आचार्यको भावपूर्ण आवाज, मार्मिक शब्द र कथावस्तुले गीतलाई थप प्रभावशाली बनाएको छ।
तरेली संगीत कुञ्जको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीत अहिले टिकटक तथा अन्य सामाजिक सञ्जालमा समेत चर्चामा रहेको छ।

भिडियो हेर्न :-