दाङ साउन १०। नेपाल आयुर्वेद चिकित्सक संघ, लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट डा. कैलाश न्यौपानेको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।

दाङमा सम्पन्न अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्दै सदस्य सचिवमा डा. बसन्त रावतलाई जिम्मेवारी दिएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरूमा डा. योगेश प्रसाद वैद्य, डा. खिम प्रसाद भुसाल, डा. गणेश अधिकारी, डा. मनोज कुमार यादव तथा महिला सदस्यमा डा. आश्मा के.सी. सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
अधिवेशनको उद्घाटन लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा आयुर्वेद क्षेत्रको विकास, सेवा विस्तार तथा चिकित्सकहरूको पेशागत हकहितका विषयमा छलफल समेत गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष डा. कैलाश न्यौपानेसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न संघ–संस्था, आयुर्वेद क्षेत्रका विज्ञ तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नयाँ नेतृत्वले लुम्बिनी प्रदेशमा आयुर्वेद चिकित्सा प्रणालीको प्रवर्द्धन, गुणस्तरीय सेवा विस्तार र चिकित्सकहरूको हकहित संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।








