मसिंर १० ,बागचौर नगरपालिका, सल्यानको आयोजनामा तथा नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल रक्षाचौर दाङको प्राविधिक सहयोगमा, NABP र Atlas Alliance Norway को आर्थिक सहयोगमा बागचौर–२ थारमारेस्थित जनकल्याण क्याम्पसमा मोतिबिन्दु शल्यक्रिया शिविर सुरु भएको छ।
नगर प्रमुख जनकराज गौतमले शिविर उद्घाटन गर्नुभयो। कार्यक्रममा उप–प्रमुख सुम्निमा डि.सी वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, स्वास्थ्यकर्मी र स्थानीयहरूको उपस्थिति थियो।
नगरका विभिन्न स्थानमा सञ्चालन भएका नि:शुल्क आँखा परीक्षण तथा छनौट शिविरमार्फत पहिचान गरिएका बिरामीहरूलाई यहाँ रिफर गरिएको हो। पहिलो दिन ५९ जनाको सफल शल्यक्रिया गरिएको छ।
राप्ती आँखा अस्पतालको विशेषज्ञ टोली संलग्न रहेको यो सेवा भोलि मंसिर ११ गतेसम्म निरन्तर चल्नेछ। सेवाग्राहीहरूले नजिकै गुणस्तरीय सेवा पाएकोमा खुशी व्यक्त गरेका छन्।








