सल्यान — बागचौर नगरपालिका–२ सल्यानमा लागिरहेको दोस्रो बागचौर कृषि, वन, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३ को जेठ १६ गतेको कार्यक्रम विशेष आकर्षणपूर्ण हुने भएको छ।


महोत्सव आयोजकका अनुसार नेपाली चलचित्र क्षेत्रका चर्चित नायक पल शाह जेठ १६ गते महोत्सवमा सहभागी हुँदै विशेष प्रस्तुति दिनेछन् । पल शाहसँगै डान्सर मेघा बोहोरा, नविना डीसी तथा झरना मगरको आकर्षक प्रस्तुति रहने जनाइएको छ। त्यसैगरी कार्यक्रमको उद्घोषण शान्ताराम सेन्चुरी र नविन डीसीले गर्नेछन्।


जेठ १ गतेदेखि संचालन भइरहेको महोत्सवमा जेठ १७ गतेसम्म लाग्ने आयोजक समितिका अध्यक्ष लोकेन्द्र चन्द लोकमान ले जानकारी दिएका छन् । हरेक दिन सांगीतिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु भइरहेको चन्द ले मध्यपहाड खबर लाई बताएका हुन ।
“स्थानीय कृषि उत्पादन, वन्य जन्तु स्रोत, कला र संस्कृति, पर्यटन तथा स्थानीय प्रतिभाको प्रवर्द्धन” भन्ने मूल नारासहित सञ्चालन भएको महोत्सवले स्थानीय कला, संस्कृति, व्यापार तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
महोत्सवको संरक्षक बागचौर नगरपालिका सल्यान रहेको छ भने “समुदाय समुदायको लागि सञ्चार, सल्यान” ले कार्यक्रम आयोजना गरिरहेको छ।

साथै न्यू रोल्पाली डाँगी स्टोर मुख्य प्रायोजकको रूपमा रहेको छ।


जेठ १६ गते विशेष भीड हुने अपेक्षा गरिएकाले आयोजकले दर्शक तथा शुभेच्छुकलाई समयमै उपस्थित भई कार्यक्रमको मनोरञ्जन लिन अनुरोध गरेको छ।