१० जेठ २०८३, आइतवार” स्थानीय कृषि उत्पादन,वन्य जन्तु स्रोत , कला र संस्कृति , पर्यटन तथा स्थानीय प्रतिभाको प्रवर्धन ” भन्ने मूल नाराका साथ समुदायका लागि सञ्चार सल्यानको आयोजनामा सञ्चालनमा आइरहेको “दोस्रो बागचौर कृषि, वन, पर्यटन तथा सांस्कृतिक महोत्सव – २०८३ ” रफ्तारमा राष्ट्रिय कलाकारको साथमा अगाडि बढिरहेको छ।

महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको छ।यस्तै आज जेष्ठ १० गते मुख्य आकर्षकको रुपमा लोकप्रिय गायक पुष्कल शर्माको आगमन हुदै छ । पुष्कल शर्मा सँगै डान्सर नबिना,निशा पुन , गायक तथा उद्घोषक शान्तराम सेन्चुरी , नविन डि सी जस्ता स्थानीय कलाकारको पनि सांगीतिक प्रस्तुति रहने छ ।सबैको मन जित्न सफल लोकप्रिय गायक पुस्कल शर्मा को उपस्थितिमा आज धेरै दर्शकहरु आउने अपेक्षा समेत गरिएको छ।

यस्तै हिजो शनिबार जेष्ठ ९ गते बहुचर्चित गायक तथा नायक प्रकाश सपुतले सांगीतिक प्रस्तुति दिनुभएको थियो। उक्त दिन दर्शकहरूको बाक्लो उपस्थितिसँगै महोत्सव स्थल भरिभराउ भएको थियो। साथमा बहुचर्चित डान्सर आरुसी मगरले पनि बेजोट नृत्य प्रस्तुत गर्नुभएको थियो।


महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउनको लागि सम्पूर्ण दर्शकहरूको उपस्थिति अपरिहार्य रहेको हुनाले सम्पूर्ण दर्शकहरुलाई उपस्थितिको लागि निमन्त्रणा गर्दछौं ।









