राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जाजरकोटको शिवालय गाउँपालिका–५ थालारैकर मा वडा कमिटी गठन गरेको छ। शुक्रबार सम्पन्न भेलाले गणेश बहादुर खत्रीको सभापतित्वमा ११ सदस्यीय वडा कमिटी चयन गरेको हो।
नवगठित कमिटीको उपसभापतिमा कर्ण बहादुर शाही तथा सचिवमा खिम बहादुर शाही चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा धन बहादुर खत्री, टोपेन्द्र बहादुर क्षेत्री, विष्णुबहादुर बुढा, चन्द्रबहादुर खत्री, पार्वती शाही, नैंनसरा बस्नेत (खत्री), निर्मला सिंह र खगिसरा बिक रहेका छन्।


भेलामा सहभागीहरूले स्थानीय तहमा पार्टी संगठन विस्तार, जनतासँग प्रत्यक्ष समन्वय तथा सक्रिय राजनीतिक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नवगठित वडा कमिटीले गाउँस्तरमा संगठन सुदृढीकरण गर्दै जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने जनाएको छ।

रास्वपाले पछिल्लो समय शिवालयका विभिन्न वडाहरूमा संगठन विस्तारलाई तीव्रता दिएको छ। शिवालय १,९,५ वडामा रास्वपाले आफ्नो संगठन कमिटी बनाइसकेको छ ।