जेठ ०५ काठमाडौ | नेपाली मौलिक संस्कृतिलाई झल्काउने रत्यौली गीत “हे बहिनी जमुना” यतिबेला सामाजिक सञ्जाल टिकटकमा व्यापक रूपमा भाइरल भइरहेको छ । लोकप्रिय गायिका जमुना सनम र देवि आचार्य को सुमधुर आवाजमा रहेको उक्त गीतले छोटो समयमै दर्शक–श्रोताको मन जित्न सफल भएको हो । सार्वजनिक भएको केही दिनमै गीतका अंशमा १ लाखभन्दा बढी टिकटक भिडियो बनिसकेका छन् भने भिडियो बनाउने क्रम अझै निरन्तर अगाडि बढिरहेको छ ।

नेपाली विवाह संस्कृतिमा विशेष महत्व राख्ने रत्यौली परम्परालाई केन्द्रमा राखेर तयार गरिएको गीतमा रमाइलो वातावरण, दिदीबहिनीबीचको हाँसोठट्टा, नाचगान र मौलिक संस्कृतिलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । गीतका रमाइला शब्द र लयका कारण टिकटकमा यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ ।
गीतको शब्द राजु सुनाम ले सिर्जना गरेका हुन् भने संगीत जमुना सनमले गरेकी हुन् । अडियो निर्माण स्टुडियो वजन ले गरेको हो ।

मौलिक भाका, मिठो लय र रत्यौली शैलीको प्रस्तुतिले गीतलाई अझ विशेष बनाएको छ ।

दिनेश मुस्कान को निर्देशनमा रहेको भिडियोमा बिना विश्वकर्मा र सम्झना लामिछाने मगर लगायतका कलाकारहरूको आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ ।

भिडियो जमुना सनम युट्युब च्यानल बाट आज ( मंगलबार ) सार्वजनिक भएको हो ।

भिडियो हेर्न :-