जाजरकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी चुनावपछि प्रतिनिधिसभामा बहुमतसहित सरकारको नेतृत्व गर्ने दाबी गरिरहेको छ । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का उम्मेदवार राधब कार्कि चयन भएका छन् । उनलाई निर्वाचनमा बहुमतले जिताएर बालेन शाह ( बालेन्द्र ) लाई प्रधानमन्त्री बनाउन निकै महत्त्वपूर्ण रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शिवालय गाउँ कार्यसमितिका सचीव दिनेश रेग्मिले मध्यपहाड खबर लाई जानकारी गराए ।
देश बनाउनको लागि एकमात्र विकल्प भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) भएको रेग्मी ले दाबी गरेका छन । पुराना दलहरुलाई पटक पटक हेरियो एकपटक नयाँ लाई हेरौं नातागोता , भेगिय हेरेर देश परिवर्तन हुँदैन । यसको विकल्प भनेकै सोच र भोट परिवर्तन गर्नु पर्छ । रेग्मिले थप प्रसंग जोडे प्रतिनिधिसभा एउटा मात्रै भएको जिल्ला जाजरकोटबाट राघब कार्किलाई राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) को चुनाव चिन्ह घण्टीमा मतदान गरेर सिंहदरबार सम्म पुर्याउन जाजरकोटबासिले सोच्नु पर्ने छ ।
कार्की लाई विजय गराए मात्रै जाजरकोटीको अबस्था बदलिने र जाजरकोटले मुहार फेर्ने उनले बताएका हुन् । उनका अनुसार शिवालय गाउँपालिका बाट मात्रै प्रत्यक्षतर्फ २०-३०% भोट घण्टीमा जाने संभावना रहेको छ । शिवालयका युवाले परिवर्तन चाहेका छन् । यसपाली दुईमत छैन नेपाली काङ्ग्रेस ,एमाले माओवादीमा भोट युवाले गर्छन भन्ने कुरामा हामी ढुक्क छौँ उनले बताएका हुन।
रेग्मिका अनुसार कार्की का एजेन्डा जनता माझ प्रस्तुत गर्दै घरदैलो कार्यक्रममा छिट्टै जाने र सोचे भन्दा धेरै मतले जिताउछौँ ।
राधब कार्की को हुन ?
राधब कार्की, जाजरकोट जिल्ला खलङ्गामा जन्मिएर हाइस्कुलसम्मको शिक्षा जाजरकोट कै त्रिभुवन मावि थाप्लेबाट पूरा गरी, उच्च शिक्षाका लागि नेपालगञ्ज गई कानुनमा स्नातक तथा जन प्रशासनमा स्नाकोत्तर गरेको एक साधारण जाजरकोटी नागरिक हुन ।
उनका एजेन्डा के छन् ?
जाजरकोटको भौगोलिक कठिनाइ, राजनीतिक सिन्डिकेट, भोट किनबेचको संस्कार, र निर्वाचनपछि जनसरोकारलाई बिर्सिने प्रवृत्तिले जिल्ला दशकौँदेखि पछि पारिएको यथार्थ तपाईँ हामी सबैले भोग्दै आएका छौँ। शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक संरचना, युवा भविष्य सबै क्षेत्रमा जाजरकोट आज गम्भीर संकटमा छ।
यही अवस्था तोड्न, जाजरकोटलाई ‘नेपाली नक्सामा गर्व गर्न लायक जिल्ला’ बनाउने दृढ अठोटसहित म आगामी प्रतिनिधि सभा निर्वाचनमा रास्ट्रीय स्वतन्त्र पार्टी जाजरकोटबाट खुल्ला तर्फ उम्मेदवारी दिएको घोषणा गर्दछु।
यदि तपाईंहरूले मलाई जाजरकोटको प्रतिनिधित्व गर्ने अवसर दिनुभयो भने, म कुनै व्यक्ति र समूह नभनी समग्र जाजरकोटी जनताको प्रतिनिधि बनेर निम्न अनुसार सुधार कार्यक्रम इमानदारीका साथ कार्यान्वयन गर्न प्रतिबद्ध रहन्छु:जाजरकोट जिल्लाको विकासको लागि बास्तबिक चिन्ता र संकल्पको खाचो छ। जिल्ला समस्याहरू ले जेलियको छ।राजनीतिक सिन्डिकेट,भुकम्प पश्चात् पुनर्निर्माण को अन्योलता मा जाजरकोट ले ब्यापक भोगिराखेको पीडा, शिक्षा र स्वास्थ्यको जर्जर अवस्था, युवाको पलायन र बेरोजगारी ले पारिवारिक बिखन्डन ल्यायको छ, युबामा लागू पदार्थ को दुर्ब्यसन बढदो छ यी समस्या सबै ठोस र वास्तविक अनि डरलाग्दा समस्या हुन ।
यी समस्याहरूको समाधानको लागि मैले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने निर्णय गरेको छु । जाजरकोटलाई नेपालको नक्सामा गर्व गर्न लायक बनाउने सन्कल्प सहितको उम्मेदवारि हुनेछ।
मैले जाजरकोट को अवस्थिती लाई मद्द्यनजर गरि उल्लेखित सुधारको सूची तयार गरेको छु।
जाजरकोटलाई परिवर्तनको पथमा अग्रसर गर्ने सुधारको प्रारम्भिक रूपरेखा यश प्रकार छन ।
भुकम्प को त्रासदी ले ध्वस्त जाजरकोट को पुनर्निर्माण .
#. शिक्षा र स्वास्थ्य
१. प्रत्येक पालिकामा एक “मोडेल सामुदायिक विद्यालय”
दक्ष शिक्षक, डिजिटल कक्षा, छात्रवृत्ति र आवासीय सुविधा सहित।
२. स्थानीय आवश्यकतामा आधारित शिक्षा
कृषि, पशुपालन, पर्यटन, सिपमूलक र प्राविधिक शिक्षा अनिवार्य।
३. जिल्ला अस्पताल स्तरोन्नति र प्रत्येक पालिकामा २४ घण्टा स्वास्थ्य सेवा विशेषज्ञ सेवा, एम्बुलेन्स र औषधि सुनिश्चित।
४. मानसिक स्वास्थ्य र नशा नियन्त्रण केन्द्र युवालाई परामर्श, पुनर्स्थापना र परिवारसँग पुनःजोड्ने कार्यक्रम।
# रोजगारी, कृषि र अर्थतन्त्र
५. “जाजरकोट युवा रोजगारी कार्यक्रम” हरेक वर्ष कम्तीमा ३,००० युवालाई सिप र रोजगारी।
६. स्थानीय उत्पादनमा आधारित अर्थतन्त्र ओखर, सिमी, आलु, सल्ली खोटो ,औषधि जन्य जडीबुटी, मह, फलफूलको व्यवसायिक उत्पादन।
७. “जाजरकोट ब्राण्ड” स्थापना
स्थानीय उत्पादनको प्याकेजिङ, प्रशोधन र राष्ट्रिय बजार पहुँच।
८. सहकारीमार्फत सामूहिक खेती र पशुपालन किसानको लागत घटाउने र आम्दानी बढाउने।
९. साना तथा मझौला उद्योग प्रवर्द्धन कोष बिना धितो सहुलियत ऋण र प्रविधि सहयोग।
१०. पर्यटन विकास विशेष योजना
धार्मिक स्थल, होमस्टे र साहसिक पर्यटन।
# सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण
११. सबै विकास बजेट र खर्च सार्वजनिक अनलाइन ड्यासबोर्ड र सूचना बोर्ड अनिवार्य।
१२. जिल्ला विकास निगरानी समिति
नागरिक, युवा, महिला र विज्ञको प्रत्यक्ष निगरानी।
१३. प्रत्येक ३ महिनामा अनिवार्य जनसुनुवाइ सांसद स्वयं उपस्थित भई जवाफदेही हुने।
१४. भ्रष्टाचार शून्य सहनशीलता नीति
दोषी जो कोही भए पनि कारबाही।
# युवा, महिला र सामाजिक सशक्तिकरण
१५. युवा खेलकुद, कला र सिर्जनशीलता केन्द्र नशा होइन, सीप र सिर्जनामा युवालाई जोड्ने।
१६. महिला उद्यमशीलता विशेष कार्यक्रम बजेट, तालिम र बजार सुनिश्चित।
१७. परिवार सुदृढीकरण कार्यक्रम
वैदेशिक पलायनबाट टुटेका परिवारलाई सहयोग।
१८. दलित, पिछडिएका र सीमान्तकृत समुदायका लागि लक्षित योजना शिक्षा, रोजगारी र नेतृत्व विकास।
# पूर्वाधार, डिजिटल पहुँच र भविष्य दृष्टि
१९. दिगो सडक, बिजुली र इन्टरनेट विस्तार गुणस्तरमा सम्झौता नगर्ने।
२०. डिजिटल जाजरकोट अभियान
ई-लाइब्रेरी, डिजिटल लर्निङ सेन्टर र अनलाइन सेवा।
२१. “जाजरकोट भिजन २०९०”
सबै पालिका, विज्ञ र नागरिकको सहभागितामा दीर्घकालीन योजना।
अन्तिम प्रतिबद्धता
“भाषण होइन – काम,
सिन्डिकेट होइन – सेवा,
पलायन होइन – उत्पादन,
जाजरकोटको भविष्य जाजरकोटमै।”
मेरो उम्मेदवारी राजनीतिभन्दा इतिहास, जाजरकोट को अवस्था बदल्ने नेतृत्व तर्फको हो।
जाजरकोटले भाषण हैन काम , सिन्डिकेट हैन सेवा , पलायन हैन उत्पादन खोजिराखेको छ जाजरकोट ले वास्तविक गौरब गर्न लायको जाजरकोट बनाउने नेतृत्व खोजिराखेको छ। म त्यै प्रतिबद्दता बोकेर तपाईं समक्ष उभियको छु ।








