१०,बागचौर सल्यान , पार्टी सभापति शेरबहादुर देउवाले भ्रातृसंगठनहरुको महाधिवेशन तत्काल गर्न निर्देशन दिएपछि तरुण दल अधिवेशनमा जुटेको हो ।

तरुण दलको बुधवारदेखि स्थानीय अधिवेशन सुरु भएको छ ।

बुधवार बागचौर नगरपालिका वडा नम्बर ५ को अधिवेशन सम्पन्न भएको छ ।

दिपेश वलिको अध्यक्षतामा सर्वसम्मत पदाधिकारी र सदस्य चयन भएका छन् ।

उपाध्यक्षमा शिब परियार र रमेश परियार , सचिवमा गोपाल केसी , सहसचिव भरत चन्द र कोषाध्यक्षमा खगेन्द्र नेपाली ३३ जना वडा कार्यसमिति चयनगरिएको छ ।

तरुण दलका क्षेत्रीय सभापति तथा प्रतिनिधि कमल चन्दले अधिवेशन हुन बाँकी वडा नगर, क्षेत्र र जिल्ला अधिवेशन गर्न सुरु भएको बताए ।

उनले भने, ‘अब तरुण दल अधिवेशनमा जुटिसक्यो । हामी केही दिनभित्रै क्षेत्रीय समितिको बैठक बोलाएर अधिवेशन गराउँछौं ।’ पार्टी नेतृत्वले समेत अधिवेशन गराउन सहयोग गर्ने बताएकाले जिल्ला अधिवेशन पनि चाँडै हुने जनाए ।

अधिबेशनमा नेपाली कांगेस वडा नं ५ सभापति भद्रबिर रावत, क्षेत्रीय प्रतिनिधि रुद्रमनि पुन, मिनराज बस्नेत , खुमराज पुन, केशव चन्द ,रेशम बिक,जङ्ग बहादुर चन्द, शुर्य बिक्रम बस्नेत , खुमराज परियार , नेपाल बिद्यार्थी संघ सदस्य भाबिष जङ्ग शाहि, प्रेस युनियन सल्यान अध्यक्ष लोकमान चन्द नेपाली कांगेसका युबा नेता वडा सभापतिहरु भातृ एवं सुभेच्छुक संघ संस्थाका प्रमुखहरु, नेपाली काँग्रेस कृयाशिल सदस्यहरु, नेपाली कांग्रेस आस्थाबानको सबैमा उपस्थिति रहेको थियो ।