मङ्सिर ११ सल्यान – नेपाली साँगितिक बजारमा जमुना सनमको ´सुपादेउराली`बोलको पञ्चेबाजा गितको म्युजिक भिडिओ सार्वजनिक भएको छ । गितमा हातै जोडि वर मागेकि छु , एउटा सुन्दर घर मागेकी छु ,फुलको झुपा चडाउछु मनको इक्षा पुराइदेउ सुपादेउरालि भन्दै जमुनाले गित मार्फत आफ्नो इक्षा व्यक्त गरेकी छिन् । जमुना सुनम र राजु सुनामको आवाज रहेको पञ्चेबाजा गितको म्युजिक भिडिओ जमुना सनम युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।
मङ्सिर महिना विवाहको महिना मानिन्छ । विवाह गर्न लाई मङ्सिर पछि बैसाख कुर्नु पर्छ । धेरैले घरबार जोड्न र विवाह बन्धनमा बाधिनलाई मन्दिरमा गएर वर माग्ने गरेको देख्न सकिन्छ । यस्तै शब्द सिर्जनामा रहेको पञ्चेबाजा गित ´सुपादेउराली ` राजु सुनामले शब्द संगित र म्युजिक एरेन्जर भर्नु भएको छ ।

सुपादेउराली मन्दिर अर्घाखाँची जिल्लाको शितगंगा र सन्धिखर्क नगरपालिकाको मध्य भागमा अवस्थित देवीस्थल हो । सुपा देउरालि सम्झिने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन् । सुपादेउरालीमा दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ ।
सुपादेउराली मन्दिरमा गएर आफुले मागेको वर पाइने इतिहास बिश्वास रहिआएको छ । सुपादेउराली नेपालमा मात्र नभएर अन्तरास्ट्रिय स्तर सम्म चर्चामा छिन् । सुपादेउरालीको दर्शन गर्न विभिन्न देशका मानिस आउने गरेको पाइन्छ ।
अर्घाखाँचीमा जन्मिनु भएकी जमुना विगत देखिनै नेपाली गितसंगितमा आवद्ध हुनु हुन्छ । उहाँका थुप्रै गितसंगित चर्चामा छन् । गितसंगितको क्षेत्रमा निरन्तर सांगीतिक कोसेली बजारमा सार्वजनिक गर्ने क्रममा आफ्नै जिल्लामा रहेको नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिर लाईhe समेटी गितमा आवाज भर्न पाउँदा १६/१७ बर्ष पछि आफ्नो संगित क्षेत्रको एक सपना पूरा भएको बताउनु भएको छ।

स्मृति तिमिल्सिना ( गुरुआमा ) को भिडिओ निर्देशनमा मुकेश नेपाली , अस्मिता रन्पाल फिचर्ड हुनु भएको छ । बेहुला सन्दिप भट्टराई र बेहुलीमा सपना गुरुङ लाई देख्न सकिन्छ । भिडिओमा यसैगितकी गायिका जमुना सनम , गायक राजु सुनाम र चर्चित गायिका सुमन थापा मगर लगायतका कलाकारहरुलाई देख्न सकिन्छ । नवीन घर्ती मगरले भिडिओको सम्पादन गर्नु भएको हो ।
भिडिओ हेर्न :-








