सल्यान मंसिर -०५ | नेपाली सांगीतिक बजारमा जीवन खड्का कृत को ´ बहाना ` सार्वजनिक भएको छ । आज बुधबार उक्त गितको म्युजिक भिडियो रानी म्युजिक सोलुसनको युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।
४० भन्दा बढि गित संगितमा शब्द सिर्जना मोडल निर्देशन गरिसकेका जीवन अर्घाखाँचीमा जन्मिएका हुन् । पछिल्लो समय गितसंगितकै क्षेत्रमा निरन्तर लागिरहेका छन् ।
केही दिन अगाडि मात्र बहाना गितका शब्द टिकटकमा काटिएको थियो । छोटो समयमा टिकटक लगायत सामाजिक संजाल फेस्बुक रिल्समा समेत चर्चमा रहेको छ ।
गितमा आफ्नो प्रेमिका आफुदेखी टाढिन खोजिएको देख्न सकिन्छ । गितमा भनिएको छ , अरु सँगै सम्बन्ध जोड्न लागेको ! तिम्रै चाहनाले होकि बाध्यताले हो मलाई छोड्न लागेको । यस्तै शव्दमा चर्चित लोकप्रिय गायक कुशल बेल्बासे र सारदा के.सी को आवाज समेटिएको छ । शब्द सिर्जना नवीन जेठारा महासागरले गरेका हुन भने संगित राजन बस्नेतले भरेका छन् । थेगो सिर्जना जीवन खड्का कृतले गरेका छन् ।
म्युजिक एरेन्जरको पाटो बिनोद बाजुरालिले समालेका छन् । रेकर्डिङ सागर बाजुराली र गोबिन्द पराजुलीले गरेका हुन भने मिक्सिङ्ग खड्क बाजुरालिले गरेका छन् । गितको अडियो माल्श्री रेकर्डिङ स्टुडियोले निर्माण गरेको हो ।
बिष्णु भट्टराईको निर्देशन रहेको भिडियोमा चर्चित मोडल सन्तोष के सी ,गिता केसी र रोशन गिरी फिचर्ड भएका छन् । कोरियोग्राफर , सम्पादन बिष्णु भट्टराईले नै गरेका छन् । मेक्प सगुन शर्माले गरेकी हुन् ।
भिडियो :-








