साउन १०, सल्यान । लोकप्रिय गायिक सर्जक संगितकार भागिरथ चलाउने को ´ गुलेलिले जुरेलिलाई हानम कि म नाई ` नामको तिज गित सार्वजनिक भएको छ । आज (बिहिवार ) भागिरथ चलाउने युट्युब च्यानलबाट उक्त गितको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
उक्त गितलाई सन्ध्या कंडेल प्रस्तुत गरेकी छन् । गितमा भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीले आवाज दिएका छन् । लय शव्द सिर्जना चलाउने आफैले गरेका छन् ।
जब तिज आउन सुरु हुन्छ दर्शक श्रोताहरुले चलाउनेका गितको पर्खाइमा रहने गर्छन् । चलाउनेका लाखौपटक हेरिएका र करोडौं क्लबमा प्रबेश गरिसकेका तिज गितहरु बजारमा छन् । थोप्डाले धोका दियो बरिलै , झमझम झम्कान , धुलो उडाइगो , मलाई एउटा सिफारिस , जय शिव भोला , हेर्दिन ऎना , ब्युटी पालरमा लगायत दर्जनौं बढी गितहरु दर्शकको रोजाइमा परेका गितहरु हुन ।
यश बर्षको गितको अडियो भिडियो नै उत्कृष्ट बनाईएको छ । शुनिल बि क को निर्देशन भागिरथ चलाउने र अनिशा वलि लगायतका कलाकारहरु फिर्चडमा रहेका छन् । सम्पादक प्रबिन भट्टले गरेका हुन् ।
भिडियो हेर्न :-








