असार २२ सल्यान – लोकप्रिय पछिल्लो समयका व्यस्त सर्जक संगितकार गायक रमेश परियारको ´ रेलिमै रेलिमै `गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । असार २२ गते ( शुक्रवार ) रमेश परियार युट्युब च्यानल बाट उक्त गितको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
माया प्रेमका प्रेमिल शब्दहरु उक्त गितमा समावेस गरिएका छन । गित यतिबेला टिकटक फेस्बुक रिल्स लगायत सामाजिक संजालमा व्यापक चर्चामा रहेको छ ।
लोकप्रिय चर्चित गायक खेम सेन्चुरी र लोकप्रिय गायिका शान्ति श्री परियारको आवाज रहेको छ । शब्द संगित रमेश परियारले गरेका छन । गितको म्युजिक एरेन्जर विश्व नेपालले गरेका हुन् । मिक्सिङ्ग बिनोद परियारले गरेका छन भने रेकर्डिङ राजु सुनामले गरेका छन् । गितको अडियो ओजन रेकर्डिङ स्टुडियोले निर्माण गरेको हो ।
काजिस श्रेष्ठ को निर्देशन / कोरियोग्राफिमा नायक तथा मोडल पुष्प खड्का , पृन्सिका श्रेष्ठ लगायतका कलाकार फिचरमा छन् । भिडियो सम्पादन दिपक विष्टले गरेका छन् ।
नोट : समाचार सम्प्रेषण गर्दै गर्दा भिडियो सार्वजनिक भएको १८ घण्टा नबित्दै ५० हजार बढि पटक हेरिएको छ ।
भिडियो :-








