बैशाख २७ , सल्यान – नेपाली सांगीतिक बजारमा दिनानुदिन फरक फरक गितसंगित सार्वजनिक हुने क्रममा ´ घ्यु खाएको जिउ ` नामको गित सार्वजनिक भएको छ । आज ( बिहिवार ) भागिरथ चलाउने युट्युब च्यानल बाट उक्त गितको म्युजिक भिडियो सार्वजनिक भएको हो । 

गितमा लोकप्रिय गायक भागिरथ चलाउने र लोकप्रिय गायिका शान्ती श्री परियारको आवाज रहेको छ । संगित भागिरथ चलाउनेले भरेका छन भने शब्द गोपाल रसाइलिले गरेका हुन् । गितमा माया प्रेमका शव्दहरु समावेस गरिएका छन । 

गितको म्युजिक एरेन्जर कृष्ण बि.क ले गरेका छन् । मिक्सिङ्ग खडक बाजुरालीले गरेका हुन भने रेकर्डिङ सागर बाजुरालिले गरेका छन् । उक्त गितको अडियो स्टुडियो मालश्री रेकर्डिङ स्टुडियोले निर्माण गरेको हो ।

नेपाली गितसंगितमा आफ्नो छुट्टै पहिचान बनाएका भागिरथ सल्यान जिल्लामा जन्मिएका हुन् । सल्यानि माटोले पाएको एक फरक प्रतिभा क्षमता गितसंगितमा जादुमय आवाज भएका गायक भागिरथ हुन् । उनका थुप्रै गितहरु करोडौं क्लबमा प्रवेश गरेका छन् । 

सुनिक क्षेत्रीको निर्देशन सुनिल क्षेत्री , राजनि गुरुङ लगायतका थुप्रै कलाकारहरु म्युजिक भिडियोमा फिचर्ड भएको देख्न सकिन्छ । अमृत चापागाईंले उक्त भिडियो सम्पादन गरेका हुन्  ।

भिडियो हेर्न:-