‎१९ पुष २०८२, शनिवार। सल्यान को बागचौर नगरपालिका मा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेड शाखा कार्यालय थारमारेको वार्षिक उत्सव भव्यरुपमा सम्पन्न भएको छ ।जुन कार्यक्रम मा प्रमुख अतिथिको रुपमा बागचौर नगरपालिकाका नगर प्रवक्ता तथा बागचौर नगरपालिका २ नं वडा अध्यक्ष दिपेश डि सी रहनु भएको थियो सभाध्यक्षको रुपमा बागचौर शाखाका प्रमुख डिल्ली प्रसाद राणा रहनुभएको थियो। साथ विभिन्न सफल व्यवसायी शिक्षक कर्मचारी तथा प्रत्रकार को पनि उपस्थिति रहेको थियो ।

‎प्रमुख अतिथि दिपेश डि सी ले बैंक बाट प्राप्त सेवा सुविधा प्रशस्त पाएको र अझ बढाउनुपर्ने पनि अपेक्षा राख्नु भएको छ । कार्यक्रम का सभाअध्यक्ष शाखा प्रमुख डिल्ली प्रसाद राणा ले बैंक को सेवासुविधा मा कुनैपनि कमि नहुने विश्वास दिलाउनुभएको छ। यस्तै शुभकामना मन्तव्य राख्दै उहाँले जनता बैङ्कमा होइनौ बैङ्क जनतामा जानुपर्ने पनि बताउनु भएको थियो ।मुक्तिनाथ विकास बैंक लिमिटेड अब ‘ख’ वर्गबाट ‘क’ वर्गमा प्रवेश गर्न लागेको कुरा पनि जानकारी गराउनुभएको छ।