सल्यानको बागश्वर नगरपालिका वडा नं ७ कोडबारामा परम्परागत रुपमा लाग्दै आएको पौराणिक त्रिवेणी मेला तथा त्रिवेणी कप प्रतियोगिता भव्यताका साथ शनिबार सम्पन्न भएको छ।हरेक वर्ष मङ्सिर ६ गते लाग्दै आएको उक्त मेला यस वर्ष भने ३ गतेदेखि विविध कार्यक्रमका साथ सञ्चालन गरी ६ गते समापन गरिएको हो।

यस कार्यक्रममा वडास्तरीय खुल्ला भलिबल प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता,भाले छोपाइ प्रतियोगिता,नि मा बि स्तरिय हजिरि जबाफ प्रतियोगिता, हिसाब दैड प्रतियोगिता,लगाएतका कार्यक्रम सञ्चालक भएका थिए ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकार तथा बाद्यवादक खड्ग बहादुर बुढा निर्मला देवी बस्नेत र शक्ति चन्द को प्रस्तुति पनि रहेको थियो।नव समाज सुधार युवा क्लब कुमाक गाउँपालिका ६ को मयुर नाँच समेतले मनोरञ्जन प्रदान गरेको थियो।
जुन कार्यक्रममा भलिबलतर्फ छत्रेश्वरी गाउँपालिका वडा नं १ प्रथम स्थान हासिल गर्दै नगद रु ३०००० ट्रफि मेडल र प्रमाणपत्र जित्ना सफल भएको छ। त्यस्तै SDCचोरपानि दोस्रो स्थान हासिल गर्दै नगद रु २२००० ट्रफी मेडल र प्रमाणपत्र जित्न सफल भएको छ। र सिद्धकुमार ले तृतीय स्थान हासिल गर्दै नगद रु १५००० ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भएका हुन्।

भलिबल तर्फको प्रथम पुरस्कार स्वर्गीय बुबा खगेन्द्र मल्लको सम्झनामा मल्ल परिवारको तर्फबाट प्रायोजन गरिएको थियो। र अब सधैँ परम्परागत रुपमा लाग्ने पौराणिक त्रिवेणी मेलालाई भलिबलको प्रथम पुरस्कार मल्ल परिवारको तर्फबाट प्रायोजन हुने कुरा पनि खेल संयोजक रहेका विकी मल्लले घोषणा गरेका छन्।
उक्त कार्यक्रममा ८० वर्ष पार गरेका जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम पनि सम्पन्न गरिएको छ।








