भदौ १४ ,बागचौर नगरपालिका-२ र ८को सिमाना पर्ने शारदा जङगार खोलाले सनिबार बेलुकी ७ बजे तिर बागचौर नगरपालिका वडा नं ९ का फौद बहादुर बुढाथोकीको लु.प्र. ०२-००१प ५०२० नम्बरको मोटरसाइकल बगाएको हो ।
कुयापानी घर बाट थारमारे बागचौर जाने क्रममा मोटरसाइकल संगै उहालाई पनि बगाएको थियो तर उंहालाई भने सजिलै उद्वार गरियो ।
अबिरल बर्षाको ले पानीको बाहाफ धेरै ठुलो र धमिलो भएको ले जेसिबिको प्रयोग गरेर मोटरसाईक खोजिएको थियो मोटरसाईक पत्तालगाउन निकै कठिन भएको हो।उद्वार कार्य भने अझै जारि भैरहेको प्रहरीले जानकारी गराए ।








