भाद्र २ जाजरकोट ! राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) शिवालय गाउँकमिटी समितिका सचीव दिनेश रेग्मिले ८४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले नेतृत्व गर्ने दावी गरेका छन् । शिवालय गाउँपालिकालाई विकासमय बनाउन युवा नेतृत्व गर्नु पर्ने र जनताको सोच र भोट बदलिनु पर्ने उनले बताए ।

शिवालय गाउँपालिका का १ देखि ९ वडा सम्म राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले आफ्नो दल गठन मंसिरमा गरिसक्ने बताएका हुन । बिगत देखि नै नेकपा एमाले र नेपाली काँग्रेसको किल्ला रहेको शिवालय गाउँपालिकामा निर्वाचन लड्न असहज भएपनी आफ्नो पार्टीले नेतृत्वको जिम्मा लिने तयारी भइरहेको मध्यपहाड खबर सँग जानकारी गराए । उनि भन्छन् ´ पुराना राजनीतिकदल सँग जनता अघाइ सकेका छन् अब जनताको सोच परिवर्तन भइसकेको छ । भ्रष्टाचारको अन्त्य गर्न र देशलाई विकासमय बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) सबै भन्दा उत्तम पार्टी बनिरहेको छ । `

८४ को उम्मेदवार को बन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) शिवालयमा ८४ को उमेदवारको रुपमा विकास गर्न सक्ने , जनताको समस्या समाधान गर्न सक्ने , जनताको आवाज उठाउन सक्ने युवा नेतालाई उम्मेदवारमा हामी उठाउछौ रास्वपा शिवालय गाउँ कमिटि समितिका सचीव दिनेश भनेका छन् । उनका अनुसार आफ्नो पनि उम्मेदवारमा दाबी रहेको छ । यदि म भन्दा राम्रो व्यक्ति आउनु भयो भने पछी रहेर उहाँलाई सक्रिय रुपमा सहयोग गर्ने छु ।

दिनेश रेग्मी का योजना के छन् ?
-सुर्खेत जाजरकोटको सिमाना पर्ने चिउदुवालाई प्रयटकिय गन्तव्य बनाउने ,एउटा सार्बजनिक पार्क बनाउने
-शिबालयको ९ वडाम बिजुली बत्तीको बालिने छ ,भर्पर्दो ईन्टरनेटको पहुँच पुगाई
-कृषि योग्य जमिन सिचाइ गर्न नहर बनाउने छ ।
-लेक बस्तीमा दाते ओखर आलू उत्पादन तीब्र गर्न किशानलाई राहत स्वरुप अनुदान दिइने छ
-थालासहित रोकाय जात सम्भावना भएको ठाउलाई छनोट गरि महिलालाई रोजगार बनाउन

  • भैंसी गाइको दुध उत्पादन गर्न अभिप्रेरित गर्ने ,सके सम्म ९ वडामा दूध उत्पादन गर्न प्रयास गर्ने उत्पादन भएको दुध बजार सम्म पुर्याउन सहयोग गरिने छ
  • बाझा चौर खन्ने मेसिन उपलब्ध गराई स्थानीय किसानलाई रोजगारका अवसरहरु प्रोत्साहन गरि बाझा चौरम आलु दाते ओखर चीया खेती गराउने
    -सामुदायिक बनको कडाइका साथ सङरक्षण गर्ने
  • बनको नाङ्गो ठाउ बृक्षा रोपन प्रत्येक वर्ष गराईने
    -शिबालय गाउँपालिकाम महिलाले बच्चा जन्माउने ब्यवथा पालिका भित्रैको अस्पतालम बनाइने सुर्खेत लिने चौरझारीलिने परम्परा अत्यन्त गरिने छ बच्चा लाई अक्सिजन सहितको तातो कोठाको उचित ब्यवस्थापन गरिने छ
    -शिबालय गाउपालिकामा मदिरा उधारो दिन प्रतिबन्ध लगाइने छ ,ब्यापारी ले उधारो बन्ध गरे श्रम गरि कमाउने एक थिति को जग बसाइने छ
    -होहल्ला पाखन्ड पन कम हुदै जाने छ समाज रुपान्तरण तिर लम्कने छ
    -मदिरा स्थानीय उत्पादन गर्ने र अन्य ब्यवस्तित गरि ठेक्का प्रणाली लागू गरिने
  • हामिले दैनिक खाने हरेक होटेलम clean hygiene food .
    र मछेर उडुस उपिया नभएको । full clean bed room अभियान सहित सबै होटेल ब्यवसाय लाई बैठक राखी प्रशिक्षण दिइने छ।
    -बजारमा अनुगमन गरि दर भाउ तोकिने छ । बजार ब्यवस्थापन स्वतन्त्र समिति बनाउने छ
    हरेक होटेलका सौचालय खुल्ला राख्नुपर्ने नियम ल्याइने छ ताकी सर्बसाधारन ले सजिलै प्रयोग गर्न पाउने छन
    -आर्थिक बजेट युवा अथवा युवतीलाई
    80% दिइने छ ताकी उनिहरुले बिकास गर्न सक्षम छ्न
    -शिबालयम नियमित एम्बुलेन्स चलाईने छ।
    -पालिकाको आफनै जेसिबि हुने छ ताकी पहिरो आई रोड भतिकिएको केही घन्टा भित्रै मर्मत गरि सन्चालम ल्याउन
    सडक ग्राभेल बजेट अनुसार लगभग सबै हुने छ्न कृषि सडक खनिने छ्न
    -शिक्षा क्षेत्रमा लोकसेवा आयोग पास गरेका शिक्षक शिक्षिका लाई राखिने छ।