श्रावण २९ सल्यान – अखिल नेपाल खेलकुद महासंघ सल्यानकाे दाेस्राे भेला सल्यानकाे श्रीनगरमा सम्पन्न भएकाे छ ।
नेकपा( माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज कृति वहादुर पुन( क. प्रकाण्ड सिहँ) काे प्रमुख आतिथ्यतामा विशिष्ट अतिथी अखिल नेपाल खेलकुद महाँसघ केन्द्रीय समिती उपाध्यक्ष तथा कर्णाली प्रदेशका ईन्चार्ज टंक वहादुर शाही( क. आजिवन) काे उपस्थितीमा सल्यानकाे श्रीनगरमा उक्त भेला भब्यताको साथ सम्पन्न भएको छ।
कार्यक्रममा पार्टि प्रदेश समिती सदस्य तथा सल्यान जिल्लाका अध्यक्ष मान वहादुर मल्ल( क. संघर्ष) पार्टि प्रदेश समिती सदस्य तथा सारदा नगरपालिकाका अध्यक्ष माेहन लाल बुढाथाेकी जिल्ला व्याडमिन्टनसंघ सल्यानका अध्यक्ष हिमाल यात्री बुद्धिचाल संगठन( चेस) का जिल्ला अध्यक्ष धन वहादुर परियार पार्टि जिल्ला समिती सदस्य रमेश विसी ,गिताञ्जली भण्डारी,थुमा थापा ,पुष्कर वस्नेत अखिल( क्रान्तिकारी) सल्यानका जिल्ला अध्यक्ष गणेश वलीकाे उपस्थिती रहेकाे थियाे।
दाेस्राे जिल्ला भेला वाट रबि करालाको संयाेजकत्वमा १५ सदस्य जिल्ला सम्मेलन आयाेजक समिती गठन गरियकाे छ । खेलाडी नारायन भट्टराईकाे अध्यक्षतामा भएकाे जिल्ला भेलाकाे संचालन खेलाडी रविकिरण करलाले गरेका थिए।








