नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तीज सम्बन्धी विभिन्न गीतहरु सार्वजनिक हुने क्रम जारी छ ।
हिन्दु महिलाको चाड हरितालिका तीज, दर र ब्रतका लागि मात्र हैन गीत संगीतका लागि पनि प्रख्यात छ ।यसै क्रममा लोकप्रिय गायिका शान्ती श्री परियारको ´साथी खुरापति`गितको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । आज ( शुक्रबार ) उक्त गितको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको हो ।
राजु सुनामको लय शब्द एरेन्जरमा रहेको गितमा शान्ती श्री परियारले आवाज दिएकी छन् । रेकर्डिङ मिक्सिङ्ग बिनोद परियारले गरेका छन् । स्टुडियो ओजन ले गितको अडियो निर्माण गरेको हो ।
चतुराइ, चालाकी, झुक्याउने प्रवृत्ति, मजाक–शरारत गर्ने बानी भएका साथिहरु नै खुरापाती साथी हुन् भनेर भिडियो दृश्यमा देखाइएको छ । मन मिल्ने साथीहरुको रुपमा यो गितलाई लिन सकिन्छ ।
मौसम हिमाली को भिडियो निर्देशनमा अञ्जली अधिकारी नबिना सिलवाल ( खुइली ) लगायतका कलाकारहरु भिडियोमा फिचर्ड भएका छन् । भिडियो सम्पादन पवन सुस्लिङले गरेका हुन् । भिडियो शान्ती श्री परियार युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।
भिडियो हेर्न :-








