श्रावण १० सल्यान – जिल्लाको बागचौर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) को प्रथम भेला सम्पन्न भएको छ । आज शनिबार केन्द्रिय मानव विकास प्रवद्र्धन विभागका सह–संयोजक पवनराज देवकोटाको प्रमुख अतिथिमा उक्त भेल सम्पन्न बएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानका सभापति प्रकाश नेपालिको अध्यक्षतामा बागचौरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर कमिटी निर्माण गरिएको छ ।
रास्वपा को प्रथम बागचौर नगरपालिका भेला बाट सभापतिमा बिजय ओलि चयन भएका छन् । उपसभापति दिपक ओलि , सचिब भरत संगम परियार , सहसचिव तिलक के.सी ,कोषाध्यक्ष बिमला कुमारी वलि र १९ सदस्य लगायतको नगर कमिटी निर्माण गरिएको मध्यपहाड खबरका रिपोर्ट गोरख डाँगी ले बताउनु भयो ।








