सल्यान – निरन्तर लोक संगीतमा आफ्नो समय दिदै आएकी हजारौ गीतकी बरिष्ठ लोक गायिका लक्ष्मी न्यौपानेले यस बर्ष पनि तीज गीत बजारमा ल्याएकि छिन्। गायिका न्यौपानेको प्रस्तुतीमा तयार भएको तीज विशेष गीत “म त मसक्कै” सार्वजनिक भएकाे छ । तीज २०८२ लाई लक्षित गरी निर्माण गरिएको यो गीतलाई स्मृति तिमिल्सिना ‘गुरुआामा’ ले निर्देशन गरेकी हुन्।
गीतमा स्वर लक्ष्मी न्यौपाने को रहेको छ भने शब्द लक्ष्मी न्यौपाने र शारदा न्यौपाने बस्याल ले लेखेका छन्। संगीत लक्ष्मी न्यौपाने को नै रहेको छ भने एरेञ्ज, मिक्सिङ र मास्टरिङ श्यामस्वेत रसाइली ले गरेका छन्।
गीतमा अञ्जली अधिकारी, सागर लम्साल ‘बले’ र निहारिका रेग्मी को अभिनय देख्न पाइनेछ। निहारिका रेग्मी न्याैपानेकी आफ्नै छाेरी हुन् । याे रेग्मीकाे पहिलाे म्युजिक भिडियाे हाे ।
तीजको रौनकलाई उजागर गर्दै तयार पारिएको यस गीतमा आकर्षक नृत्य र सांगीतिक समायोजनलाई विशेष ध्यान दिइएको छ।
भिडियोको छायांकन बुद्ध थापा र उनको टिमले गरेका छन् भने सम्पादन नविन घर्ती मगर ले गरेका हुन्। गीतको पोस्ट प्रोडक्सन गुरुआामा फिल्म्स, अनामनगरबाट गरिएको हो। गीत लक्ष्मी न्यौपानेको युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ ।








