सल्यान श्रावण ०२ – गायक संगितकार सर्जक रेशम सापकोटाको तिज गीत भिजिट भिसा बजारमा सार्वजनिक भएको छ । आज ( शुक्रबार ) उक्त गितको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको हो ।

रेशम सापकोटाको लय शब्द रहेको गितमा रेशम सापकोटा खुमन अधिकार र देबि घर्ती मगरले आवाज दिनु भएको छ । एरेन्जर कृष्ण के सी ले गरेका छन् । रेकर्डिङ लक्ष्मण बि क ले गरेका हुन् भने मिक्सिङ्ग बिमल छिनालले गरेका छन् । स्टुडियो डाइनमिक रेकर्डिङ ले निर्माण गरेको हो ।

गितमा समसामयिक बिषयलाई समेटीएको छ । भिडियोमा एक परिवारको छोरा बुहारी भिजिट भिसामा अस्ट्रेलिया पुगेको  देखाइएको छ साथमा छोराको आमा पनि संगै बसेकी छन् । छोरा बुहारीको छोरा उतै जन्मिन्छ र त्यि आमा त्यो घरमा नोकर जस्तै भएर काम गरिरहेकि हुन्छिन् । आमा भिजिट भिसामा घुम्न भनेर गएकी हुन्छिन तर बुहारीले त्यि आमालाई काममा लगाउछिन । अन्तिममा आमा त्यो देश छोडेर आफ्नै घर नेपाल फर्केको दृश्य भिडियोमा चित्रण गरिएको छ ।

रेशम सापकोटाको भिडियो निर्देशनमा रेशम सापकोटा ,सुरबिर पन्डित ( दाह्री बा) पबित्रा रिजाल र नन्द बस्याल भिडियोमा फिचर्ड भएका छन् । भिडियो सम्पादन रोशन धिताले गरेका हुन् । भिडियो तरेली संगीत कुन्ज युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।

भिडियो हेर्न :-