असार २६ सल्यान । सदाको बर्ष जस्तै यो बर्षपनि लोकप्रिय गायिका जमुना सनमको ´पैसा कमा केटी `तिज गितको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । आज ( बिहिवार ) उक्त गितको म्युजिक भिडियो जमुना सनम युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।
राजु सुनामको शब्द संगित एरेन्जरमा लोकप्रिय गायिका शान्ति श्री परियार र जमुना सनमले आवाज दिएकी छन् । रेकर्डिङ राजु सुनामले गरेका छन् भने मिक्सिङ बिनोद परियारले गरेका छन् । अडियो रेकर्डिङ स्टुडियो वजनले निर्माण गरेको हो ।
गितका शव्दहरुमा पैसाको तागत देखाइएको छ । पैसाले शान देखि मान सम्म समस्या पार्ने देखि टार्ने घर गाडी किन्ने देखि घर छोडी हिड्ने र पैसाले चोली फेर्ने देखि बोलि फेर्ने सम्मका शव्दहरु गितमा समावेश भएका छन् ।
रामजी लामिछानेको निर्देशनमा अन्जली अधिकारी र स्मारिका ढकाल लगायतका कलाकारहरु भिडियोमा देख्न सकिन्छ । भिडियो सम्पादन बान्दे प्रसादले गरेका छन् ।
भिडियो हेर्नुहोस :-








