गायक संगितकार सर्जक रेशम सापकोटाको यस बर्षका लागी तीज गीत कुवेत काण्ड  बजारमा सार्वजनिक भएको छ ।

रेशम सापकोटाको लय शब्द रहेको गितमा रेशम सापकोटा ,मन्जु गुरुङ , जुना श्रीस र पबित्रा सर्तुङ्गे को आवाज रहेको छ । एरेन्जर राजु सुनामले गरेका छन् । रेकर्डिङ सागर पराजुली र गोबिन्द बाजुरालिले गरेका हुन् भने मिक्सिङ्ग खड्क बाजुरालिले गरेका छन् । स्टुडियो मालश्री रेकर्डिङले अडियो निर्माण गरेको हो ।

गितमा हजारौं चेलिहरुको वास्तविक जिवनको यथार्थ समेटिएको छ । परिवारको निम्ति आफ्ना रहर मारेर बांच्न बाध्य निर्दोष चेलीको कथा समेटिएको सांगितीक कोसेली कुवेत काण्ड बजारमा सार्वजनिक छ ।  

भिडियोमा देखाइएको छ रोजगारीको लागि कुवेत पुगेकी एक चेली पेटमा गर्व बोकेर नेपाल फर्किन्छिन । उनलाई त्यो समाजमाले घिर्नाको दृष्टिकोणले हेर्छ । गाउँहरुको निर्णयले उनलाई गाउमा बस्ने अधिकार छैन भन्दै गाउँ छोडेर जान आग्रह गर्दछन ।

भिडियो निर्देशन रेशम सापकोटाको भिडियो निर्देशनमा स्मृति बस्नेत ,जानकी खड्का ,भगवान् भण्डारी ,माया श्रेष्ठ,उमेश खड्का ,अनोमल खनाल र अनुप अर्याल भिडियोमा फिचर्ड भएका छन् । भिडियो सम्पादन रोशन धिताले गरेका हुन् । भिडियो तरेली संगीत कुन्ज युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।

भिडियो हेर्न :-