नेपाली सांगीतिक बजारमा ´ देउ मलाई जोबन ` गितको म्युजिक भिडिओ सार्वजनिक भएको छ । म्युजिक भिडिओ आज ( बिहीवार ) जमुना सनम अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

मेचिकाली खबरका प्रवन्ध निर्देशक भोजराज थापाले केही दिन अगाडि बिनोद महतारा लाई मिडियामा ल्याएका थिए । मीठो गित गाउने महतारा को आवाजलाई दर्शकश्रोताले रुचाए । सामाजिक संजालमा उनको आवाजको चर्चा हुन थाल्यो त्यसैबिचमा उनले गित रेकर्डिङ गर्ने अवसर पाएका थिए ।

एकपछि अर्को गित रेकर्डिङ हुने क्रममा चर्चित गायिका जमुना सनम र बिनोद महतारा को आवाजमा ´देउ मलाई जोबन ` गित बजारमा सार्वजनिक भएको हो । उक्त गितको शब्द संगित संगित संयोजक राजु सुनामले गरेका छन् । 

स्टुडियो वजनले निर्माण गरेको अडियोको मिक्सिङ्ग बिनोद परियारले गरेका हुन् ।

भिडियो हेर्न :-

नोट यो समाचार सम्पादन गर्दा सम्म ६ हजार बढी पटक भिडियो हेरिसकिएको छ ।