नेपाली सांगीतिक बजारमा गए सारा खुसी बोलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । BMSG अफिसियल युट्युब च्यानलबाट बुधबार सार्वजनिक भएको हो । 

रुकुम बाफिकोटमा जन्मिनु भएकी साहित्य प्रेमी तथा सर्जक तिल्सरा शर्माको शब्दमा रहेको गित गए सारा खसी यो शर्माको दोस्रो प्रस्तुति हो । शर्माको शब्द सिर्जनामा यस् अघि पनि तिजको सरर गाडिमा उक्त गित भावना म्युजिक सोलुसन युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

एउटा प्रेमले दुई दिन ओठमा हासो दिएर जीवन भर आँसु दिएको गितका शब्द सिर्जना भित्र सुन्न सकिन्छ । उनै शव्दहरुमा पुर्ण सम्योग र चित्रा रोका ले आवाज दिएका हुन । गितको लय सिर्जना सुदर्शन बुढा क्षेत्रीले गरेका छन्  । म्युजिक एरेन्जर पुर्ण सम्योगले गरेका छन् । मालश्री रेकर्डिङ स्टुडियोमा गितको अडियो निर्माण गरिएको हो ।

रामु बिरही मल्ल को कथा निर्देशनमा कृष्ण रुचल , रश्मि थापा ,बिबेक लखण्डारी,सुशील बंजगाई र गृस्मा बंजगाइ को अभिनय रहेको छ । भिडियो सम्पादन रामु बिरही मल्ल ले गरेका छन् ।

भिडियो हेर्न :-